महोत्तरी। औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महीनाका छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।
महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनालाई पोखरी बाहिर ल्याइएको थियो। पछि उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई मृत घोषणा गरेको थियो। तर आमा बन्दनाको अवस्था सामान्य छ।
प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment