एमालेमा फेरि विवाद, बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी

एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने अडान राखेका छन् ।

नेपालभ्युज

एमालेमा फेरि विवाद, बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी
फाइल तस्वीर

काठमाडौँ। विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ।

विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बसिरहँदा नेताहरूले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।
उनीहरूले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन्।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्ताबेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको छ। शुक्रबारको एमाले बैठकमा तीन वटा दस्ताबेजमा समूहगत छलफल गर्न दशवटा समूह बनाइएको छ।

तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरूले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने अडान राखेका छन्। बैठकमा सुरुमा झपट रावल, भानुभक्त जोशीलगायतका नेताहरूले यस्तो दबाब दिए। तेस्रो धारका नेता घनश्याम भुसालले समेत सहमति जनाएका नेताहरूले बताए।

यसअघि एमालेमा संस्थापन पक्ष र तेस्रोधारविच १० बुँदे सहमति भएको थियो। बैठकमा १० बुँदेको कुरा उठेपछि तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबिच छलफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved