काठमाडौं । अलराउण्डर दीपेन्द्र सिंहको शतक बनाएपछि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेशियालाई ८५ रनले पराजित गरेको छ।
टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको नेपालले पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेशियाले १९. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३८ रन बनाउन सक्यो। उसका लागि विरान्दीप सिंहले सर्वाधिक ४७ रन बनाउनुबाहेक अन्य ब्याटर खासै चलन् सकेनन्।
दीपेन्द्रले ५७ बलमा १ सय १० रन बनाए। यस क्रममा उनले १० चौका र १० छक्का बनाएका थिए। दीपेन्द्र टी २० अन्तर्राष्ट्रियमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडे।
त्यस्तै सन्दीप लामिछानेले आज तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १९ रन दिए। त्यस्तै रोहित पौडेलले पनि आज अर्द्धशतक पूरा गरे। उनले ३४ बलमा उनले ५१ रन हिर्काए। टी ट्वान्टी अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्द्धशतक हो।
नेपाल यो सिरिजमा लगातार चौथो जित निकाल्दै फाइलन प्रवेश गरेको छ। हारपछि मलेशिया भने बाहिरिएको छ। बराबर दुई अंक भए पनि पीएनजीसँग रनरेटका आधारमा मलेशियालाई पछि पार्दै पीएनजी फाइनलमा पुगेको हो। सोमबार हुने फाइनलमा नेपाल र मलेशिया भिड्ने भएका छन्।
Facebook Comment
Comment