भक्तपुरमा जग्गा प्लटिङको ढिस्को खसेर दुई जनाको मृत्यु

नेपालभ्युज

भक्तपुरमा जग्गा प्लटिङको ढिस्को खसेर दुई जनाको मृत्यु

भक्तपुर। भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको नालाछापमा गरिएको सो प्लटिङको ढिस्को खस्दा काभ्रेका दुई जनाको ज्यान गएको हो। साँझ करिब ५ बजे काम गरिरहेको ढिस्को खस्दा काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङको ज्यान गएको हो।

सोही ठाउँमा सँगै काम गरिरहेका गजबसिं लामाले आफ्ना सहकर्मीको पुरिएर मृत्यु भएको बताए। सो घटना भएपछि स्थानीय तथा पीडितले क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका छन्। प्लानिङ गर्ने चम्पा श्रेष्ठ सम्पर्कमा आएकी छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved