सहकार्य बढाउन रूसी विदेशमन्त्री भारतमा

भारत अमेरिकाबीच रणनीतिक साझेदारी रहेको बताइए पनि रूसप्रति अमेरिकाले लिएको नीतिमा भारतले फरक रुप देखाउँदै आएको अवस्थामा रूसी विदेशमन्त्रीले भारत भ्रमण गरेका हुन्।

नेपालभ्युज

सहकार्य बढाउन रूसी विदेशमन्त्री भारतमा

काठमाडौं। दुई दिने भ्रमणका लागि रूसी विदेशमन्त्री सर्जिओ लाब्रोस भारतमा रहेका छन्। बिहिबार भारत आइपुगेका रूसी विदेशमन्त्री लाब्रोसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी भारत भ्रमणमा आएको एक हप्तापछि नै रूसी विदेशमन्त्री पनि भारत भ्रमणमा आएका हुन्। १० चैतमा चिनियाँ परराष्ट्रमन्त्री यी भारतको दुई दिने भ्रमणमा पुगेका थिए।

रूसले युक्रेनमाथि हमला गरेसँगै विश्व राजनीतिमा आएको परिवर्तन र रूस–भारत–चीनबीच (आरआईसी) संगठनलाई पुनः ताजगी गर्ने उद्देश्यले रूसी विदेशमन्त्री लाब्रोस भारत भ्रमणमा आएका बताइएको छ।

अमेरिकाले युक्रेनमाथि रूसले आक्रमण गरेसँगै लगाएको आर्थिक नाकाबन्दीलाई निस्तेज बनाउन रूसी विदेशमन्त्रीले भारत भ्रमण गरेका हुन्। भारतले रूसबाट धेरै मात्रामा कच्चा तेल नियात गरेको खण्डमा अमेरिका लगायतका पश्चिमा देशले रूसमाथि लगाएको नाकाबन्दीको असर कम हुने रूसले विश्वास गरेको छ। चीनले रूसबाट नियमित रुपमा धेरै मात्रामा कच्चा तेल किनिरहेको छ भने भारतले पनि निर्यातलाई निरन्तरता दिएको छ।

भारत अमेरिकाबीच रणनीतिक साझेदारी रहेको बताइए पनि रूसप्रति अमेरिकाले लिएको नीतिमा भारतले फरक रुप देखाउँदै आएको अवस्थामा रूसी विदेशमन्त्रीले भारत भ्रमण गरेका हुन्। यस्तै रूसी विदेशमन्त्रीको भारत भ्रमणमा आईआईसीमा भारतलाई सहमति गराएर हिन्द प्रशान्त क्षेत्रमा बढाउन चाहेको अमेरिकी प्रयासलाई कम गर्ने योजना अघि सारेको छ।

यस्तै, योजना चिनियाँ परराष्ट्रमन्त्रीले भारत भ्रमणमा व्यक्त गरेका थिए। एशियाको सन्दर्भमा चीन एक धुव्रीय विश्वको पक्षमा नरहेको सन्देश दिँदै भारतलाई आफ्नो पक्षमा ल्याउने चिनियाँ प्रयास रहेको थियो। तर, दुई देशबीच चल्दै आएको सीमा विवादका कारण त्यो सफल हुन सकेको छैन। यसै सन्दर्भमा रूसी विदेशमन्त्रीले भारतको भ्रमण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved