बलात्कारको झुठो उजुरी दिने युवतीलाई ३ महिना कैद

आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान दिने एक युवतीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको छ।

नेपालभ्युज

बलात्कारको झुठो उजुरी दिने युवतीलाई ३ महिना कैद
सांकेतिक तस्वीर

दैलेख। आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान दिने एक युवतीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको छ। एक २२ बर्सिया युवतीलाई दैलेख जिल्ला अदालतले यस्तो सजायाँ सुनाएको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीबार यस्तो सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो।

राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ। बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दीपेन्द्र शाहीलाई अदालतले सफाई दिएपछि कारागारबाट छुटेका छन्।

झन्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन्। डेढ वर्षपछि अभियोग लगाइएका व्यक्ति पक्राउ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved