काठमाडौं । सतारुढ पाँचदलीय गठबन्धनले २२ गतेभित्र सबै स्थानीय तहहरूबाट रिपोर्टिङ लिने निर्णय गरेको छ।
बिहीबार बसेको सतारुढ गठबन्धनको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सबै तहमा गठबन्धन सम्मलित दलहरूको प्रमुखको संयन्त्र बनाएर केन्द्रमा रिपोर्टिङ गर्ने निर्णय गरेको छ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनमा आबद्ध दलहरूको प्रदेश, जिल्ला र स्थानीय तहहरूमा संयन्त्र बनाएर २२ गतेभित्र सबै स्थानीय तहको रिपोर्टिङ लिने निर्णय भएको बताए। कार्कीले प्रदेश, जिल्ला र स्थानीय तहमा बन्ने गठबन्धनको सयन्त्रमा गठबन्धनमा आबद्ध दलहरूको प्रमुखहरू सहभागी हुने पनि बताए।
उनले अहिले महानगर, उपमहानगर वा अन्य पालिको सन्दर्भमा कुनै पनि विशेष निर्णय नभएको भन्दै गठबन्धनको सयन्त्रहरूले रिपोर्टिङ गरेपछि मात्रै छलफल गरेर निष्कर्षमा पुगिने बताए।
Facebook Comment
Comment