कार्यकारिणी समितिको बैठकपछि प्रधानमन्त्रीसँग भेट्न लोसपाका शीर्ष नेताहरू बालुवाटारमा

नेपालभ्युज

कार्यकारिणी समितिको बैठकपछि प्रधानमन्त्रीसँग भेट्न लोसपाका शीर्ष नेताहरू बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटामार छलफल चलिरहेको छ। स्रोतका अनुसार देउवासग भेट्न महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका हुन्।
लोसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा निर्वाचन केन्द्रित गतिविधि तथा सरकारमा जाने-नजाने विषयमा छलफल भएको थियो। केही हप्ताअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपाका शीर्ष नेताहरूको संवाद भएको थियो।
त्यसक्रममा  लोसपाले उठाउँदै आएको मुद्दाहरू सम्बोधन गर्नेगरी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका नेताद्वय सर्वेन्द्रनाथ सुक्ला र लक्ष्मणलाल कर्ण सम्मिलित तीन सदस्यीय कार्यदल बनेको थियो।
त्यसयता, दुई पटक कार्यदलको बैठकसमेत भएको छ। गत आइतबार लोसपा अध्यक्ष ठाकुर पुनः प्रधानमन्त्रीसँग भेट गरेका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved