रामचरणको ‘मगधीरा’ले बनाएको थियो दक्षिण भारतमा रेकर्ड

नेपालभ्युज

रामचरणको ‘मगधीरा’ले बनाएको थियो दक्षिण भारतमा रेकर्ड

एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ आजबाट प्रदर्शमा आएको छ। साउथ अभिनेता रामचरण र जुनिअर एनटीआर एकैसाथ देखिएका यो फिल्म दुई पटक रिलिज समय तोकिएर पनि कोरोना महामारीका कारण आउन सकेको थिए।

५५० करोड भारुमा बनाइएको भनिएको फिल्ममा रामचरण आन्ध्र प्रदेशका स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजुको भूमिकामा छन्।

वास्तविक जीवनमा पनि रामचरणका हजुरबुवा अल्लु रामलिंगय्या एक स्वतन्त्रता सेनानी थिए, जसलाई अंग्रेजहरूले बन्दी बनाएका थिए। उनी एक प्रसिद्ध हास्य कलाकार हुन्। जसले एक हजारभन्दा बढी तेलुगु फिल्महरूमा काम गरिसकेका छन्।

रामचरणको जन्म २७ मार्च १९८५ मा चेन्नाईमा भएको थियो । रामचरणका बुबा चिरञ्जीवी एक तेलगु फिल्मस्टार हुन्। उही समयमा पवन कल्याण, अल्लु अरविन्द, नागेन्द्र बाबु उनका काका र अल्लु अर्जुन उनका ‘कजन’ हुन्।

रामचरणले २००७ मा आएको जगन्नाथ पुरीनिर्देशित फिल्म ‘चिरुथा’ बाट आफ्नो अभिनयको शुरुवात गरेका थिए। यस फिल्ममा उनको नाम ‘चरन’ राखिएको थियो। यो फिल्म हिट भएको थियो। जसका लागि रामचरणले दक्षिण भारतीय फिल्मफेयर (डेब्यू अभिनेता) र विशेष निर्णायक बाट नन्दी विशेष पुरस्कार पाएका थिए।

रामचरणको दोस्रो फिल्म ‘मगधीरा (२००९) मा थियो। जसले १५० करोड कमाएर दक्षिणको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। यो फिल्मको कीर्तिमान २०१३ मा ‘अत्तरिन्की दरेडी’ले तोडेको थियो।

रामचरणले ‘मगधीरा’ ‘नायक’ ‘येभादु’ लगायत तीनवटा चलचित्रमा दोहोरो भूमिका निर्वाह गरेका छन्। २०१६ मा रिलिज भएको रामचरणको फिल्म ‘ध्रुव’ हिट एक्शन फिल्म थियो, जसमा रामचरण आफैंले खतरनाक स्टन्टहरू गरेका थिए।

रामचरणले साउथमा नाम कमाए तर बलिउडमा सफलता भने पाउन सकेनन्। रामचरणले सन् २०१३ मा प्रियंका चोपडासँग ‘जंजीर’बाट बलिउडमा डेब्यू गरेका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो।

रामचरणको कुल सम्पत्ति १३०० करोड भारु छ। रामचरण दक्षिणका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन्। रामचरणको घर हैदरावादको जुबली हिल क्षेत्रमा छ, जसको मूल्य ३८ करोड रुपैयाँ पर्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसबाहेक उनको भारतका अन्य शहरमा पनि घरहरू रहेका बताइन्छ।

रामचरण हैदराबादको एयरलाइन ट्रुजेटका मालिक पनि हुन्। यसबाहेक उनको ‘रामचरण हैदराबाद पोलो राइडिङ’ क्लब नामको पोलो टोली पनि छ। उनी एमएए टीभीको बोर्ड अफ डाइरेक्टरमा पनि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved