एजेन्सी । अमेरिकासँगको लामो लडाइँका लागि आफ्नो सुरक्षा तयारी बलियो बनाउन किम उन जोङले आदेश दिएपछि अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरिएको उत्तर कोरियाले जनाएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएको हो। बिहीबार ह्वासङ–१७ नामक यस मिसाइलको परीक्षणलाई कालो लेदरको ज्याकेट र सनग्लास लगाएका किमले प्रत्यक्ष अवलोकन गरेका थिए।
आणविक हतियार सम्पन्न उत्तरले २०१७ यता पहिलोपटक आईसीबीएम परीक्षण गरेको हो । दक्षिण कोरिया, जापान र अमेरिकाले यसको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले मिसाइल परीक्षणको निन्दा गर्दै यसले सुरक्षा परिषद्को प्रतिवद्धताको उल्लंघन गरेको बताएका छन्।
सरकारी सञ्चारमाध्यमका अनुसार पोङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्च गरिएको यो हतियार ६ हजार २ सय ४८ किलोमिटर उचाईमा पुगेको थियो । ६७ मिनेटमा १ हजार ९० किलोमिटर दूरी पूरा गरेपछि यो हतियार सी अफ जापानमा गएर खस्यो।
कोरियाली प्रायद्वीप वरपर दैनिक रुपमा सैन्य तनाव उत्पन्न भइरहेको र आणविक हतियार सम्पन्न अमेरिकासँग लामो लडाइँ निम्तनसक्ने खराब रहेकाले किमले यस्तो हतियारको परीक्षणका लागि आदेश दिएको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ।
Facebook Comment
Comment