जनकपुरधाम। जनयुद्ध तथा मधेश आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ।
बिहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेश आन्दोलनका १२ जना शहीद परिवारलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका छन्।
मन्त्री साहले पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका परिवारलाई तीन–तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने मधेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख रुपैयाँ प्रदान गरिएको बताए।
बाँकी रकम दोस्रो चरणमा प्रदान गरिने उनले जानकारी दिए।
मधेश आन्दोलन, जनयुद्ध र अरू अधिकार प्राप्तिको आन्दोलनमा गरी यस प्रदेशमा ५४२ जनाले शहादत प्राप्त गरेको बताउँदै मन्त्री साहले क्रमिक रूपमा सबैलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए।
मधेश सरकारले यसअघि मधेश आन्दोलनका शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग गर्दैआएको छ।
Facebook Comment
Comment