१ लाख रुपैयाँ धरौटीमा छुटे पल शाहका म्यानेजर

नेपालभ्युज

१ लाख रुपैयाँ धरौटीमा छुटे पल शाहका म्यानेजर

काठमाडौं। जबर्जस्ती करणी मुद्दामा मतियारका रूपमा मुद्दा चलाइएका पल शाहका म्यानेजर कृष्ण जोशीलाई तनहुँ अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि जोशीलाई धरौटीमा छाड्न आदेश दिएको हो।

यस्तै बलात्कार आरोपी शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए।

जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved