एजेन्सी । मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ माग गरेको छ। प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ।
अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ।
अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो।
अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाइएको छैन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्धनीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताएका छन्। ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ ।
Facebook Comment
Comment