‘नागरिकता र मधेश आन्दोलनका झुटा मुद्दा हटाए मात्र सरकारमा जान्छौं’

नेपालभ्युज

‘नागरिकता र मधेश आन्दोलनका झुटा मुद्दा हटाए मात्र सरकारमा जान्छौं’

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्काल सरकारमा सहभागी हुने विषयमा पार्टीमा कुनै निर्णय नभएको बताएका छन्।

लोसपा मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आज उद्घाटन गर्दै उनले वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिबद्धता व्यक्त नगरेसम्म सरकारमा सामेल नहुने बताए।

ठाकुरले वर्तमान सरकारसँग नागरिकतासम्बन्धी मुद्दा, मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरूको विषयमा छलफल चलिरहेको पनि बताए।

उनले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्न कानूनी जटिलता, मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकार गम्भीर भए मात्र सरकारमा सहभागी हुनेबारे विचार गर्न सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved