चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति र शीर्ष नेताहरूसँग भेट गर्ने

चिनियाँ विदेशमन्त्री वाङ ११ चैतमा दुई दिने भ्रमणका क्रममा नेपाल आउँदैछन्।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति र शीर्ष नेताहरूसँग भेट गर्ने

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छ। चिनियाँ विदेशमन्त्री यी ११ चैतमा दुई दिने भ्रमणका क्रममा नेपाल आउँदैछन्।

नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले १२ चैतमा आफ्ना नेपाली समकक्षि नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्नेछन्।

यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved