धनुषामा म्यादी प्रहरीमा आवेदन दिनेको भीड

नेपालभ्युज

धनुषामा म्यादी प्रहरीमा आवेदन दिनेको भीड

जनकपुरधाम। स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको भर्नाका भर्ना खुलाइएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ। प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्नाको आज पहिलो दिन हो।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह छन्। यसका लागि ३ हजारभन्दा बढी म्यादी प्रहरी माग गरिएको छ।

आवेदन दिन पुग्नेहरूमध्ये अधिकांश पुरुष छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको बताए। उनले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने जनाए।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो। म्यादी भर्नाको आवेदन ६ चैतदेखि ११ गतेसम्म समय दिइएको छ। आवेदन दिएकाहरूको छनोट १५ चैतदेखि हुनेछ भने अन्तिम नतिजा २२ चैतमा प्रकाशित गरी २८ देखि प्रशिक्षण शुरु गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved