चुनावको मुखैमा करोडौँको अनुदान बाँड्दै मधेश सरकार

यादवले आफ्नो मन्त्रालयबाट मधेश प्रदेशमा व्यावसायिक रुपमा कृषि गर्ने कृषक समूह, सहकारी र कम्पनीहरूलाई अनुदान बाँड्न सूचना निकालेका छन्।

नेपालभ्युज

चुनावको मुखैमा करोडौँको अनुदान बाँड्दै मधेश सरकार
फाइल तस्वीर

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन ५४ दिन बाँकी रहँदा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले करोडौँको अनुदान बाँड्ने तयारी गरेको छ। मतदाता नै प्रभावित पार्ने गरी मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले अनुदान दिने तयारी गरेको हो।

यसको सुरुआत जसपाका पुर्व प्रदेश अध्यक्षसमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गरेका छन्। यादवले आफ्नो मन्त्रालयबाट मधेश प्रदेशमा व्यावसायिक रुपमा कृषि गर्ने कृषक समूह, सहकारी र कम्पनीहरूलाई अनुदान बाँड्न सूचना निकालेका छन्।

आइतबार प्रकाशित सूचनामा भनिएको छ, ‘‘यो योजनाअनुसार एउटा आयोजनामा अनुदान रकम न्यूनतम २५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म पाइनेछ। चैत २१ सम्म इच्छुकले आवेदन दिनुपर्ने उल्लेख छ।’’

प्रदेश सरकारको कार्यकालको अन्तिम समयमा चुनाव नजिकिँदै गर्दा आफ्ना कार्यकर्तालाई पोस्न, मतदाता रिझाउन अनुदान बाँड्न लागिएको मधेशका अगुवाहरूले आलोचना गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved