दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख कोरोना संक्रमित

नेपालभ्युज

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख कोरोना संक्रमित

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ संक्रमित भएका हुन्।

थपिएका संक्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ। पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितहरूको सङ्ख्या साढे तीन लाखभन्दा बढी भएका छन्।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि दैनिक संक्रमितहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved