बेन्जेमाले बार्सिलोनाविरुद्धको खेल गुमाउने

नेपालभ्युज

बेन्जेमाले बार्सिलोनाविरुद्धको खेल गुमाउने

काठमाडौं । रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले आइतबार राति हुने एल क्लासिको गुमाएने भएका छन्।

बेन्जेमाले रियल मायोर्काविरुद्ध भएको ला लिगाको अघिल्लो खेलको अन्त्यमा चोट लागेपछि उनी बार्सिलोनाविरुद्धको खेलमा मैदानबाहिर हुने स्पेनी पत्रिका मार्काले लेखेको छ। उनले पर्याप्त फिट महसुस नगरेका र टोलीसँग अभ्यास खेलमा पनि सामेल हुन नसकेका हुन्।

मड्रिडले बार्सिलोनाविरुद्ध आफ्नो मुख्य हतियार (बेन्जेमा) गुमाएपछि उसलाई केही समस्या हुने देखिएको छ। जारी सिजनमा बार्सिलोनालाई घरेलु मैदानमा हराइसकेको मड्रिडले यो सिजन आइतबार राति पौने २ बजे घरेलु मैदानमा खेल्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved