महामूर्ख सम्मेलन हुँदै

यस वर्ष महामूर्खको उपाधि कस्ले पाउला भन्ने सबैको चासोको विषय बनेको छ। महामूर्खका लागि करीब दुई दर्जन विशिष्ट व्यक्तिहरूको सूची तयार भएको छ।

नेपालभ्युज

महामूर्ख सम्मेलन हुँदै

काठमाडौं। मिथिला नाट्यकला परिषद् (मिनाप)को बहुचर्चित फागु महोत्सव बिहीबार अपराह्नदेखि जनकपुरको जानकी मन्दिर प्राङ्गणमा शुरु भएको छ। दुई दिवसीय महोत्सवको पहिलो दिन डम्फा प्रतियोगिता तथा हाँस्य कवि सम्मेलन एवम् दोस्रो दिन आज शुक्रबार महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।

विगत २६ वर्षदेखि मनाउँदै आएको ‘फागु महोत्सव’ को पहिलो दिन धनुषा र महोत्तरीका गाउँहरूबाट १० वटा डम्फा समूह सहभागी भएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले जानकारी दिए। मल्लिकका अनुसार ती समूहहरूबीच होरी गीत गायन, डम्फा वादन तथा जोगिडा गायनको प्रतिस्पर्धा भएको छ। प्रतिस्पर्धाबाट विजयी तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशंसापत्र आज प्रदान गरिने छ।

फागु महोत्सवको दोस्रो दिन आज शुक्रबार होली गायन र नृत्यसँगै महामूर्ख सम्मेलनको आयोजन हुने भएको छ। जसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने एक दर्जन विशिष्ट व्यक्तिहरूलाई मूर्खको तथा एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा छ।

मिनापका अर्का पूर्वअध्यक्ष सुनिल मिश्र मिथिलाको प्रसिद्ध फागु गीत गायन परम्परालाई संरक्षण गर्न तथा फागुको अवसरमा समाजिक सद्भाव बढाउन महोत्सवको आयोजन गरिएको जानकारी दिए।

यस वर्ष महामूर्खको उपाधि कस्ले पाउला भन्ने सबैको चासोको विषय बनेको छ। मिनापले यस पटकको महामूर्खका लागि करीब दुई दर्जन विशिष्ट व्यक्तिहरूको सूची तयार गरेको छ।

सूचीअनुसार मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा. भोगेन्द्र यादव, भाषाविद् डा. रामदयाल राकेश, प्रा.डा. भोगेन्द्र झामध्ये एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने योजना रहेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए। त्यस्तै, अन्य १ दर्जनलाई अन्य उपाधि प्रदान गरिने उनले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved