ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालभ्युज

ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिकात्मक तस्वीर।

बागलुङ। ४२ वर्षीया श्रीमतीलाई तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो। गम्भीर घाइते तिलाको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved