नेपाल र यूएईबीच संयुक्त समितिको बैठक बस्दै

युएईको राजधानी आबुधाबीमा नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन बैठकमा अरबका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।

नेपालभ्युज

नेपाल र यूएईबीच संयुक्त समितिको बैठक बस्दै

काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स युएईको संयुक्त समिति बैठक आज हुँदैछ। युएईको राजधानी आबुधाबीमा नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन बैठकमा अरबका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।

उद्घाटन सत्रपछि शुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुनेछ ।

साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुनेछ। मन्त्री श्रेष्ठ नेतृत्वको टोली हिजो युएईको राजधानी आबुधाबी पुगेको हो। श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षी डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच आजै भेटवार्ता पनि हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved