संसद् अवरुद्ध गर्नु एमालेको अलोकतान्त्रिक काम : मुख्यमन्त्री केसी

नेपालभ्युज

संसद् अवरुद्ध गर्नु एमालेको अलोकतान्त्रिक काम : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले स‌ंघीय संसद् अवरोध गरेर एमालेले अलोकतान्त्रिक चरित्र देखाएको टिप्पणी गरेका छन्। एमालेले संसद् अवरोध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको आरोप छ।

आइतबार बुटवलमा एक कार्यक्रमलाई सम्‍बोधन गर्दै मुख्यमन्त्री केसीले विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाए । लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको उनको दाबी छ। पूँजीगत खर्च,राजस्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको मुख्यमन्त्री केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved