जर्मनीमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन २ लाख ६२ हजार संक्रमित

नेपालभ्युज

जर्मनीमा  कोरोनाको नयाँ रेकर्ड, एकैदिन २ लाख ६२ हजार संक्रमित

बर्लिन। कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन्। यो संख्या महामारी शुरू भएयताकै उच्च हो।

त्यसैगरी, भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved