मधेश प्रदेशसभा बैठक फेरि स्थगित

नेपालभ्युज

मधेश प्रदेशसभा बैठक फेरि स्थगित

जनकपुरधाम। फागुन २२ मा बस्‍ने भनिएको मधेश प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। प्रदेशसभा सचिवालयले आइतबार बोलाइएको बैठक चैत ९ गते १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ। फागुन १ गते बस्‍ने भनिएको बैठकको मिति सरेको यो तेस्रोपटक हो।

प्रदेशसभाका सचिव रंजित कुमार यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममै रहेकाले बैठक स्थगित गरिएको बताए।

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएकाले बैठक स्थगित गरेर १० गतेका लागि सारिएको थियो।  तर १० गते सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनका लागि पोखरा गएकाले दोस्रोपटक बैठक स्थगित गरेर २२ गतेका लागि तय गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved