नेप्से परिसूचक दुई महीनायताकै न्यून बिन्दूमा

नेपालभ्युज

काठमाडौं। लामो समय घटेर विस्तारै बढ्दै गएको नेप्से परिसूचक पुन: घट्दै गएको छ। आज नेप्से परिसूचक दुई महीनायताकै न्यून बिन्दूमा पुगेर बन्द भएको छ।

गत १७ पुसमा दुई हजार ५२४ दशमलव ५० अंकमा झरेको नेप्से परिसूचक त्यसयता उतारचढावकाबीच क्रमश: बढ्दै गएको थियो।

साताको चौथो कारोबार दिन आज प्रि ओपनिङ सेसनमा २ अंकले बढेर खुलेको बजार ६३ दशमलव ९८ अंकले घटेर दुई हजार ५४६ दशमलव ६० अंकमा बन्द भएको छ।

आज कुल १३ ओटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। यस दिन ५५ हजार २१२ पटकमा दुई सय २८ कम्पनीको ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको ७६ लाख ५२ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved