‘नाबालिगले सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो’

उनले भनेकी छन्, ‘‘नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हो। यसमा यद्यपि, तर भन्ने नै हुँदैन।”

नेपालभ्युज

‘नाबालिगले सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो’

काठमाडौं। अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिनेत्रीहरू रेखा थापा, सञ्चिता लुइँटेल, ऋचा शर्मालगायतले खुलेर यस विषयमा धारणा राखेका छन्।

यसैबीच पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि यस प्रकरणमा टिप्पणी गरेकी छन्। उनले वयष्क व्यक्तिले नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु कानूनविपरीत भएकाले त्यस्तो सम्बन्ध अपराध भएको बताएकी छन्। ‘‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ,” उनले भनेकी छन्, ‘‘नाबालिगले नै सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो।”

यस प्रकरणमा उनले भनेकी छन्:

नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हो। यसमा यद्यपि, तर भन्ने नै हुँदैन। पीडितमाथि आरोप लगाउने गल्ती नगर्नुहोस्। ‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ। नाबालिगले नै सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो।

किनभने यहाँ पीडित केही निर्णय लिनका लागि असाध्यै सानी छिन्। जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए र यसले उमेर ,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ।

अहिले धेरै कम उमेरका बालिकाले पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरूको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ। त्यसैले कसैले उनीहरूको गलत फाइदा नउठाओस् भनेर यस किसिमको कानुन बनाइएको हो। यो घटना धेरैका लागि जागरुकताको माध्यम र पाठ बन्नुपर्छ।

म अझै विश्वास गर्न सकिरहेको छैन कि एक नाबालिगको साँटो मान्छेहरू ३० वर्ष नाघेको व्यक्तिको समर्थन गरिरहेका छन्। यसले ती युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कल्पना गर्नुभएको छ ? हो उनी धेरै अन्तर्वार्तामा देखिएकी छिन् तर यो सब के भइरहेको छ भन्ने बुझ्न परिपक्व छैनन्। 

यो मुद्दामा धेरैमा चेतनाको कमी देख्छु म। नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएको भनेर गुगलमा खोजी गर्नुहोस्। कसैले पीडकको समर्थन गरिरहेको छ भने उनीहरूलाई मेसेज गर्नुहोस्, कमेन्ट गर्नुहोस्। तपाईंहरूजे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ। यसले यो किन गलत हो भनेर तपाईंहरू बुझाउन सक्नुहुन्छ।

म उनको लागि प्रार्थना गर्छु। यस किसिमका घृणा सहन निकै गाह्रो हुन्छ तर आत्मबल बलियो राख्नु। हामी तिम्रो साथमा छौँ बहिनी।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved