पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय बनेपछि मौसममा सुधार

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय बनेपछि मौसममा सुधार आएको छ।

नेपालभ्युज

पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय बनेपछि मौसममा सुधार

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय बनेपछि मौसममा सुधार आएको छ। आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मङ्गलवार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved