काठमाडौं । प्रहरीसमक्ष आत्मसमर्ण गरेका कलाकार पल शाहविरुद्ध फेरि अर्को जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ।
पीडितले नवलपरासीको गैंडाकोटमा उनीविरुद्ध जाहेरी दिएकी हुन्। इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन्।
प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ। ‘एक दिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ।
पक्राउ पुर्जी जारी भएपछि बेपत्ता भएका पल आज मात्र प्रहरीसमक्ष आफैं पुगेका थिए।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि उनीविरुद्ध परेको जाहेरी दर्ता हुनेरनहुने टुंगो लाग्नेछन। जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन्। लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो। तर, उनी फरार भएका थिए।
Facebook Comment
Comment