दुर्घटनामा वडाध्यक्षको निधन भएपछि राजमार्ग अवरुद्धः बीच बाटोमै यात्रु अलपत्र

नेपालभ्युज

दुर्घटनामा वडाध्यक्षको निधन भएपछि राजमार्ग अवरुद्धः बीच बाटोमै यात्रु अलपत्र

सुर्खेत। मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो। दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरूले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्। सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

नेकपा ९माओवादी केन्द्र०बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो। रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते हुनुभएको थियो। उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष थिए।

कार्की कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved