सुनखानीमा विस्फोट हुँदा ६३ जनाको मृत्यु

कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन्।

नेपालभ्युज

सुनखानीमा विस्फोट हुँदा ६३ जनाको मृत्यु

एजेन्सी। बुर्किनाफासोको एक सुनखानीमा विस्फोट हुँदा कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ।

सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा भएको विस्फोटमा परेर ६३ जनाको निधन भएको समाचारमा जनाइएको छ।

विस्फोटमा परेर सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ। सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन्। सो खानी तत्कालै बन्द गर्न त्यहाँको स्थानीय सरकारले आदेश दिएको छ।

बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा विस्फोट भएको थियो।

प्रहरीले खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ। खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved