एमसीसी सम्झौता निर्णयार्थ पेश हुनअघि माओवादीले सरकार छाड्छ : नारायणकाजी श्रेष्ठ

नेपालभ्युज

एमसीसी सम्झौता निर्णयार्थ पेश हुनअघि माओवादीले सरकार छाड्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसीसी सम्झौंता निर्णयार्थ पेश हुनु अघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने दाबी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने दाबी गरेका हुन्।

एमसीसी संसदमा टेबल भएपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिदैं उनले पार्टीको निर्णय अनुसार अब आफूहरु सरकारमा बस्न नसक्ने बताए। संसदमा एमसीसी सम्झौता टेबल गरेर सरकारले लोकतन्त्रकै उपहास गरेको उनको आरोप छ। नेता श्रेष्ठले सो सम्झौतालाई संसदबाट असफल बनाउन सम्पूर्ण सांसदहरु र नेपाली जनतालाई पनि आह्वान गरे।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved