मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर।

 हेटौँडा। कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान हेटौँडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा–१५ फायरलाइन बस्ने २५ वर्षीय विक्रम वाइवाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय रमेश वल घाइते भएकाले सोही अस्पतालमा उनको सोही अस्पतालमा उपचार भइरहेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved