रुसले ठूलो युद्धको योजना बनाइरहेको बेलायती प्रधानमन्त्रीको आरोप

नेपालभ्युज

रुसले ठूलो युद्धको योजना बनाइरहेको बेलायती प्रधानमन्त्रीको आरोप

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताएका छन्। बिबिसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरू अनुसार रुसले युरोपमा सन् १९४५ पछिको ठूलो युद्धको तयारी गरिरहेको बताएका हुन्।
उनले युद्धका केही सङ्केतहरू सुरु भइसकेको भन्दै रुसको योजना शुरु भइसकेको बताए। रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरू गुप्तचर निकायले प्राप्त गरेका प्रधानमन्त्री जोनसनको भनाइ छ।
युक्रेनको सीमा क्षेत्रमा रुसले झन्डै एक लाख ९० हजार सेना तैनाथ गरेको पश्चिमा देशहरूले दाबी गरेका छन्।

यस्तै युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा ठूलो सङ्ख्यामा विद्रोही सेनाहरू रहेका छन्। रुसले तीनै विद्रोही सेनालाई भड्काएर युक्रेनमा आक्रमण गर्ने र आफू प्रवेश गर्ने योजना बनाएको अमेरिकाले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved