एन्फाको विशेष साधारण सभा फेरि स्थगित

निर्वाचन निर्देशिकाको बारेमा फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिने एन्फाले जनाएको छ।

नेपालभ्युज

एन्फाको विशेष साधारण सभा फेरि स्थगित

काठमाडौं । आइतबारका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले शुक्रबार सुचना जारी गर्दै विशेष साधरण सभा स्थगित भएको जानकारी दिएका हुन्।

एन्फाको साधारण सथा दोस्रो पटक स्थगित भएको हो। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दिएको निर्वाचन निर्देशिकामा केहि दुविधा देखिएकाले उनीहरुसँगको जुम मिटिङपछि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ।

निर्वाचन निर्देशिकाको बारेमा फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिने पनि एन्फाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved