हेटौँडाबाट काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, घाइते ५ जनामध्ये ३ को अवस्था गम्भीर

नेपालभ्युज

हेटौँडाबाट काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, घाइते ५ जनामध्ये ३ को अवस्था गम्भीर

हेटौँडा । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो म.प्र.०३-००१ ज ०५५१ नं.को ईभी गाडी इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल पुगेको थियो ।

गाडीमा सवार १० जनामध्ये ५ घाइते भएको तीमध्ये तीन जना गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

गम्भीर अवस्था रहेका घाइतेहरुमा पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्रसन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद कुमार र बिहारकै ३५ वर्षीय उमा शंकर कुमार छन् ।

दुर्घटनामा घाइते भएका बिहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रहरीले इभी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । गाडीमा चालकसहित १० जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved