दक्षिण कोरियाले संशोधन गर्‍यो मार्शल ल नियम

नेपालभ्युज

दक्षिण कोरियाले संशोधन गर्‍यो मार्शल ल नियम
तस्वीर - बीबीसी

काठमाडौं । दक्षिण कोरियाली सांसदहरूले मार्शल लसँग सम्बन्धित नियमहरू संशोधन गर्न मतदान गरेका छन् । यसअन्तर्गत अब सांसदहरूलाई राष्ट्रिय सभामा प्रवेश गर्न कसैले रोक्न सक्दैन ।

बिहीबार पारित संशोधनले राष्ट्रिय सभामा सेना र प्रहरीको प्रवेशलाई पनि निषेध गरेको छ । अब उनीहरूलाई प्रवेश गर्न सभामुखको अनुमति आवश्यक पर्नेछ ।

गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक-योलले केही समयको लागि देशमा मार्शल ल लगाएका थिए । यसको विरुद्धमा मतदान गर्न सांसदहरूले पर्खाल नाघेर जानुपर्ने अवस्था थियो ।

राजनीतिक समस्याका कारण युन सुक-योलले डिसेम्बर ३, २०२४ मा मार्शल ल लागू गरेका थिए । यसपछि सैन्य बल त्यसरात राष्ट्रिय सभा घेर्न पुगेका थिए ।

सम्बन्धित सामग्री – 

दक्षिण कोरिया : के हो ‘मार्शल ल’, लागू हुने बित्तिकै किन हटाइयो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved