नेपालले टस जितेर बलिङ रोज्यो

नेपालभ्युज

नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौं  । एसीसी यु-१६ इस्ट जोन कपको सेमिफाइनलमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको सेलांगर टर्फ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने मलेसिया समूह ‘बी’ को उपविजेता हो।

नेपालले समूह चरणमा खेलेका चारवटै खेलमा जित हासिल गर्दै अपराजित यात्रा कायम गरेको थियो। उता, मलेसियाले भने समूह चरणका चारमध्ये तीन खेलमा सफलता प्राप्त गरेको थियो।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

प्रतियोगितामा एसियाली क्रिकेट परिषद् (ACC) को आयोजनामा नेपाल सहित १० राष्ट्रको सहभागिता रहेको छ, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ। प्रतियोगिताको फाइनल जुलाई ५ (असार २१) मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved