काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता ‘तुरुन्तै’ अन्त्य गर्ने बताएका छन् ।
ट्रम्पले भने, “क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको छ ।”
अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला ट्रम्पले यो कदम चालेको बीबीसीले जनाएको छ ।
यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले ‘व्यापार युद्ध’ सुरु गर्दै आएका छन् । त्यसबेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन् ।
शुक्रबार ट्रम्पले भने, “प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गर्दैछौं । हामी क्यानडालाई अमेरिकासँग व्यापार गर्न कति कर तिर्नुपर्छ भनेर आगामी सात दिनभित्र बताउनेछौं ।”
यद्यपि, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत गरेका छन् । उनले भनेका छन्, “हामी क्यानडाका जनताको हितमा यी वार्ताहरू जारी राख्नेछौं ।”
Facebook Comment
Comment