काठमाडौं । सन् २०२५ को क्लब विश्वकप (FIFA Club World Cup 2025) को अन्तिम-१६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।
जसअनुसार अन्तिम-१६ मा स्पेनिस क्लब रियल म्याड्रिडले इटालीको युभेन्ट्ससँग भिड्नेछ । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अमेरिकाको इन्टर मियामीसँग प्रतिस्पर्धा गर्नेछ ।
सार्वजनिक ड्र –
पाल्मेरास भर्सेस बोटाफोगो
बेन्फिका भर्सेस चेल्सी
इन्टर मिलान भर्सेस फ्लुमिनेन्स
म्यानचेस्टर सिटी भर्सेस अल-हिलाल
पेरिस सेन्ट जर्मेन भर्सेस इन्टर मियामी
फ्लामेङ्गो भर्सेस बायर्न म्युनिख
रियल म्याड्रिड भर्सेस युभेन्टस
बोरुसिया डर्टमुण्ड भर्सेस मोन्टेरेइ
अन्तिम १६ को खेल शनिबारदेखि सुरु हुनेछ । पहिलो खेलमा पाल्मेरास र बोटाफोगो भिड्दैछन् ।
क्लब विश्वकप ६ महादेशबाट छनोट भएका ३२ टिमको सहभागितामा भइरहेको प्रतियोगिता हो, जुन फिफाले पहिलोपटक यसरी ठूलो स्वरूपमा आयोजना गरिरहेको छ ।

Facebook Comment
Comment