आज चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

नेपालभ्युज

आज चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल फोटो

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।  जहाँ विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । उक्त बैठक बिहान ९ बजे बस्नेछ ।

त्यस्तै बिहान साढे ११ बजेका लागि  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बोलाइएको छ  । उक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved