विश्वकप छनोट खेल्ने नेपाली टिमबाट बाहिरिए करण केसी

कारणको सट्टा अर्का तीव्र गतिका बलर गुल्सन झालाई ओमान पठाउने तयारी भइरहेको क्यानले जनाएको छ।

नेपालभ्युज

विश्वकप छनोट खेल्ने नेपाली टिमबाट बाहिरिए करण केसी

काठमाडौं। नेपालका फास्ट बलर करण केसीले चोटका कारण विश्वकप छनोटका खेलहरु गुमाउने भएका छन्।

ढाडको चोटका कारण ओमानमा नेपाली टिमसँगै रहे पनि चारदेशीय टी-ट्वान्टी सिरिज खेलेका थिएनन्।

हिजो आयरल्याण्डसँगको खेलपछि प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले करणको चोट ठीक नभएकाले मंगलबार बिहानसम्म निर्णय गर्ने बताएका थिए।

सोही चोटका कारण टिमबाट बाहिरिएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ। उनको सट्टा अर्का तीव्र गतिका बलर गुल्सन झालाई ओमान पठाउने तयारी भइरहेको क्यानले जनाएको छ।

अलराउण्डरसमेत रहेका करणको ब्याटिङ र बलिङको अभाव नेपाली टिमलाई खट्कनेछ।

विश्वकप छनोटको पहिलो खेलमा नेपाललले आगामी शुक्रबार ओमानसँग खेल्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved