सानो गौचरनमा खेल मैदानका लागि धमाधम काम (तस्वीरहरू)

नेपालभ्युज

सानो गौचरनमा खेल मैदानका लागि धमाधम काम (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका–५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रुपान्तरण हुँदै छ । करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।

करिब १८ रोपनीमा बन्न लागेको खेल मैदान २०८१ मंसिर १३ गते काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शिलान्यास गरेकी थिइन् । १८ करोड ८७ लाख रुपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण काम गरिरहेको छ । मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेजिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिनेछन् ।

हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ । मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ । २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारी साधानका लागि पार्किङ स्थान बनाइनेछ ।

बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहनेछन् भने ग्राउन्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फर्स्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन् । साथै नजिकैको ५ रोपनी जमिनमा बास्केटबल, टेबल टेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ । निर्माण कार्य २०८२ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved