काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा सहभागी हुने नयाँ तीन टोलीे आइतबार सार्वजनिक गरिएको छ। आयोजक एनएसएलले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नयाँ तीन टिम झापा फुटबल क्लब, वीरगन्ज युनाइटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लब सहभागी हुने घोषणा गरेको हो।
यससँगै प्रतियोगितामा सहभागी हुने टिमको संख्या १० पुगेको छ। यसअघि पहिलो संस्करणमा सात टोली सहभागी थिए।
झापा एफसीको मालिकको रुपमा विक्रम थापा रहेका छन् । त्यस्तै इलाम डी मेचीका मालिकमा सुहाङ नेम्वाङ र पियुस न्यौपाने रहेका छन् भने वीरगन्ज युनाइटेडका मालिक अर्बिन्द्र अमात्य, अनिल गुप्ता र अर्बिन्द बराल रहेका छन्। सहभागी टोलीका मालिकले नेपाली फुटबल विकासका लागि फ्रेन्चाइज प्रतियोगितामा समावेश हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
१५ भन्दा बढी टोलीले फ्रेन्चाईजका लागि दाबेदारी गरेपनि आयोजकले ५ टोलीलाई मात्र बिडिङमा समावेश गरेको थिया । जसमा तीन टोलीले एनएसलमा मौका पाएका हुन्। एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुँदै छ।
Facebook Comment
Comment