महिला राष्ट्रिय टिमका कोचिङ र सहयोगी स्टाफ नियुक्त

नेपालभ्युज

महिला राष्ट्रिय टिमका कोचिङ र सहयोगी स्टाफ नियुक्त

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका लागि कोचिङ र सहयोगी स्टाफको टुंगो लागेको छ ।

राजेन्द्र तामाङ र भगवती थापा सहायक प्रशिक्षकका रूपमा नियुक्त भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षकका रूपमा निरन्तर रहनेछन् भने बिन्द्रा देवकोटा टिम म्यानेजरको भूमिकामा यथावत् रहनेछिन् ।

त्यस्तै, डा.अलिशा राई टिम डाक्टरका रूपमा नियुक्त भएकी छिन् । शिला गिरी फिजियोथेरेपिस्टका रूपमा रहनेछिन् । विकास गुरुङ किट म्यानेजरका रूपमा नियुक्त भएका छन् ।

सबैलाई एन्फा महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved