सोमपाल र गुल्शनले टी–२०आई सिरिज पनि गुमाउने

नेपालभ्युज

सोमपाल र गुल्शनले टी–२०आई सिरिज पनि गुमाउने

काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा सहभागिता जनाइरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु सोमपाल कामी र गुल्सन झा प्रशिक्षणका दौरान घाइते भएका छन् ।

सोमपालको दायाँ हात तथा गुल्शनको घुँडामा चोट लागेकोले आगामी खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानकाअनुसार चोटका कारण चिकित्सकको परामर्शपश्चात उनीहरु लिग-२ मा नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछिको टी-२०आई त्रिकोणीय सिरिज सम्पूर्ण खेलमा समेत सहभागी हुन नसक्ने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved