अस्पताल निर्माणका लागि डेढ बिगाहा जग्गादान

नेपालभ्युज

अस्पताल निर्माणका लागि डेढ बिगाहा जग्गादान

सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणका लागि स्थानीयले डेढ बिगाहा जग्गा निःशुल्क प्रदान गरेका छन्। नगरपालिकाको वडा १ अम्राका २३ घरपरिवारले निःशुल्क जग्गा दान गरेका हुन।

करोडौँ मूल्य बराबरको अन्नबाली लगाउने जग्गा अस्पताल निर्माणका लागि दान दिएको जग्गाधनी लागे बहादुर बुढाले बताए। आफ्नै घर आँगनमा अस्पताल बन्ने खुसीमा आफूले भोग चलन गर्दै आइरहेको जग्गा निःशुल्क उपलब्ध गराउन पाएकोमा खुसी लागेको उनको भनाइ छ।

सङ्घीय सरकारको एक स्थानीय तह, एक अस्पताल योजना अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ। अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र १८ करोडको टेन्डर समेत भइसकेको इन्जिनियर महेश देवकोटाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved