फेरि सारियो प्रतिनिधिसभाको बैठक

नेपालभ्युज

फेरि सारियो प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ । यसअघि आज (आइतबार) दिउँसो १ बजेका तय भएको बैठक बस्न नसकेपछि ३ः१५ का लागि सारिएको थियो ।

यसपछि पनि बैठक साँझ ५ः३० बजेका लागि सारिएकाे छ ।

निर्धारित समयमा बस्न नसकेपछि बैठक साँझ ५ः३० बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणलाई लिएर सत्ता र प्रतिपक्षीबीच सहमति हुन नसकेपछि बैठक सरेको हो ।

सभामुख देवराज घिमिरेले प्रमुख ठूला दलका प्रमुख सचेतकहरूलाई बोलाएर सहमतिको प्रयास गरेक पनि त्यो असफल भएको थियो ।

यसपछि पनि दलहरूका बीच सहमतिका प्रयास भइरहेका छन् ।

प्रतिनिधिसभा बैठक गत जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved