गाजा । दक्षिणी गाजामा राहत वितरण केन्द्रनजिकै इजरायली सेनाको गोली लागेर ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । यस्तै धेरै मानिस घाइते भएको हमासद्वारा नागरिक रक्षा एजेन्सीले जनाएको छ ।
एजेन्सीका प्रवक्ताले शनिबार बिहान मानिसहरू खाद्यान्न लिन राहत केन्द्र पुगेको बेला गोलीबारी सुरु भएको बताए ।
‘जब मानिसहरू राहत केन्द्रतर्फ जान थाले, इजरायली सैनिकहरूले गोली चलाएका थिए,’ प्रत्यक्षदर्शीले भने ।
यसैबीच, इजरायली सेनाले एक शंकास्पद व्यक्ति आफूतिर आउँदै गरेका कारणले मात्र चेतावनीस्वरुप गोली चलाएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।
राहत केन्द्रहरूमा पुग्ने प्रयास गर्दा यस हप्ता अहिलेसम्म धेरै प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ)ले सुरक्षा र भीड नियन्त्रण सुनिश्चित गर्न राहत वितरण अस्थायी रुपमा रोकेको बताएको छ ।
यसका बाबजुद पनि मानिसहरू इजरायली सैन्य क्षेत्रसँग सीमानामा पर्ने चौबाटोमा हरेक दिन भेला हुन्छन् र जहाँबाट उनीहरू राहत केन्द्रमा जानुपर्छ ।
इजरायल रक्षा बल (आईडीएफ)ले एक विज्ञप्तिमा भनेको छ, ‘रातमा यो क्षेत्र युद्धस्थलत्र बन्छ भनेर उनीहरूले गाजाका मानिसहरूलाई पहिले नै जानकारी गराइसकेका छन् ।’
हमासबाट धम्की आएकोले शनिबार खाना वितरण गर्न नसक्ने जीएचएफले बताएको छ । यद्यपि, हमासले त्यस्ता कुनै पनि आरोपलाई अस्वीकार गरेको छ ।
Facebook Comment
Comment