एथ्लेटिकसँगको खेलमा हारबाट जोगियो बार्सिलोना

नेपालभ्युज

एथ्लेटिकसँगको खेलमा हारबाट जोगियो बार्सिलोना

काठमाडाैं । गएराति ला लिगाको आफ्नो दोस्रो खेलमा बार्सिलोना हारबाट जोगिएको छ। पहिलो राजाइका सबैजसो खेलाडीलाई अवसर दिए पनि बार्सिलोनाले एथ्लेटिक बिल्बाओको मैदानमा जित दर्ता सकेन।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको पाँचाैं मिनेटमै इनिगो मार्टिनेजले‍ गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा पाएको कर्नर किकमा उनले हेडमार्फत गोल गरेका थिए।  अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि एथ्लेटिकले बार्सिलोनाको पोस्टमा निरन्तर प्रहार गरेको थियो।

तर ७५ मिनेटमा बार्सिलोनाका मेम्फिस डिफायले गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। त्यसअघि बार्सिलोनाका फ्रान्की डियोङले गरेको प्रहार गोलपोस्टको माथिल्लो बारमा लागेर बाहिरिएको थियो।

मार्टिन ब्रेथवेटल‍े खेलको साताैं मिनेटमा गरेको प्रहार आकासिँदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो। निर्धारित समयपछि थपिएको समयमा बार्सिलोनाका इरिक गार्सियाले रातोकार्ड पाएका थिए।

जारी लिगमा बार्सिलोनाले २ खेलपछि ४ अंक जोडेको छ। बार्सिलोनाले जारी लिगको पहिलो खेलमा रियल सोसिडाडलाई ४-२ गोल अन्तरले हराएको थियो। एथ्लेटिकले भने दुवै खेल बराबरीमा टुंग्याएको थियो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved